१९ जेष्ठ पर्वत /
पर्वतको फलेवास नगरापालिकाले शिक्षा सुधारका लागि विभिन्न अभियान संचालन गरे पनि लगानी अनुसारको प्रतिफल भने प्राप्त हुन सकेको छैन ।
सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका प्रयासहरु भए पनि २०८१ को एसइई को नतिजा भने सन्तोषजनक देखिदैन ।
फलेवासका विद्यालय वाट कुल २७१ जनाले एसइई मा सहभागी भएकोमा १४४ जना मात्र उत्र्तीण भएका छन् जुन ५३ प्रतिशत मात्र रहेको छ ।
फलेवास नगरपालिका भित्र रहेको सिद्ध मावि सवै भन्दा कमजोर देखिएको छ । १५ जना विद्यार्थी एसइई मा सहभागी भएकोमा १ जना मात्र उर्तिण भएका छन् ।
त्यसै गरि शारदा माविको नतिजा पनि कमजोर रहेको छ । कुल १८ जना विद्यार्थीले एसइइमा सहभागी भएकोमा ५ जना मात्र उर्तिण भएका छन् ।
यस वर्ष त्रिभुवन मावि शंकरपोखरी, माटेदेवल मावि मुडिकुवा र थापाठाना मावि थापाठानाको नतिजा केही शन्तोष जनक रहेको पाइएको छ ।










