निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको ठानामौलामा स्वास्थ्य शिविर सम्पन्न १ सय ७३ जनाको स्वास्थ्य परिक्षण

४ जेठ पर्वत ।
पर्वतको फलेवास ८ ठानामौलामा १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको आयोजना तथा फलेवास नगरपालिका ८ नं. वडा कार्यालयको समन्वयमा ठानामौला स्वास्थ्य चौकीमा आईतवार शिविर सम्पन्न भएको हो ।
शिविरमा १७३ जनाको स्वास्थ्य परिक्षण गरिएको प्रदेश अस्पताल पर्वतका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
शिविरमा प्रदेश अस्पातल पर्वतका हाड जोर्नी तथा नसा रोग विषेशज्ञ डाक्टर ढुण्डीराज पौडेले विरामीहरुको स्वास्थ्य जाच गर्नुभएको थियो ।
। आफ्नै गाउँठाउँमा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन भएकोमा विरामिहरुले खुसि व्यक्त गरेका थिए । शिविरबाट उपलब्ध सम्पुर्ण सेवासुविधाहरु निशुल्क रहेको उल्लेख गरीएको छ ।


प्रदेश अस्पताल पर्वतले विहादी गाउँपालिका, महाशिला गाउँपालिका पँन्यू गाउँपालिका र फलेवास नगरपालिका विभिन्न स्वास्थ्य संस्थाहरुमा पुगेर बिशेषज्ञ डाक्टरको उपस्थितीमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । यस अवधिमा ८ वटा स्वास्थ्य शिविर सम्पन्न भएको प्रदेश अस्पतालले जनाएको छ ।
जनताको घर दैलोमा विषेशज्ञ सेवा दिने अभियान अन्र्तगत विषेशज्ञ डाक्टर सहित प्रदेश अस्पतालको टोलि गाउँ गाउँमा पुगेर सेवा प्रदान गरेको प्रदेश अस्पताल समितीका अध्यक्ष याम परियार शिवले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img