निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको १४ औं साधारण सभा, महाशिलामा सम्पन्न ।

१८ जेष्ठ २०८३ पर्वत/

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको १४ औं साधारणसभा , सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ मा अवस्थित एशियाकै ठुलो महाशिलाको प्राङ्गणमा उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

‎महाशिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरि पर्यटन प्रबर्द्धनमा जोड दिने उद्धेश्यले महाशिलामा साधारणसभा आयोजना गरिएको पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले जानकारी दिनुभयो   । साधारणको सभाको अवसरमा जिल्लाका तीन जना पत्रकार सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ भने, ६ जना पत्रकार सम्मानित भएका छन् ।

सिर्जनशिल पत्रकारिता पुरस्कारवाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश गिरी र गोरखापत्र दैनिकका संवाददाता प्रनिश गिरी पुरस्कृत हुनुभएको हो । ‎उहाँहरुलाई नगद रु. १२ हजार दुई सय २२ रुपैया सहित दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो । महासंघले हरेक वर्ष उत्कृष्ट पत्रकारहरुलाई यो पुरस्कार वितरण गर्दै आएको छ । यसैगरी नेपाल पत्रकार महासंघ पर्वतका ६ जना पुर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको छ ।

पत्रकारिता र प्रेस स्वतन्त्रताको क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै महासंघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, पुर्व अध्यक्षहरु ओमप्रसाद शर्मा, यामबहादुर केसी, दुर्गाप्रसाद शर्मा, छविलाल तिवारी र सन्तोष थापालाई सम्मान गरिएको हो ।

साधारण सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले गण्डकी प्रदेशको समृद्धिको मुख्य आधारनै पर्यटन भएको बताउनुभयो । पर्यटन क्षेत्रको विकासबाट मात्र गण्डकी प्रदेशको आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउँदै अब नयाँ नयाँ गन्तब्यहरुको विकास र बिस्तारमा जोड दिईने बताउनुभयो । मन्त्री रिमालले प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेका थुप्रै पर्यटकीय स्थलहरु रहेको बताउँदै स्थानीय सरकारहरुले तिनिहरुको उजागर गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री रिमालले संघीय सरकारले सरकारी विज्ञापन कटौती गरेर सञ्चार माद्यामलाई समस्यामा पार्न खोजेपनि गण्डकी प्रदेश सरकार सदैब पत्रकारहरुको साथमै रहेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रलाई निषेध गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले पत्रकार महासंघले पालिकामा गरेको कार्यक्रमले पालिकाले गरेका सकारात्मक र रचनात्मक कार्यको प्रसारमा टेवा पुग्ने बताउदै महासंघलाई धन्यवाद व्यक्त गर्नुभयो ।कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, महाशिला क्षेत्र विकास समितिका अध्यक्ष राजु पौडेल, प्रेस काउन्सिल नेपाल सम्परीक्षण समिति सदस्य हरिओम शर्मा लामिछाने, उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । ‎

पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रञ्जना खत्री र संचालन सचिब साजन परियारले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img