निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

पर्वत । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई प्रहरीले कार्यालयवाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा पराजुली पक्राउ परेका हुन् । पराजुलीलाई पोखरा पठाउने तयारी भएको पर्वतका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा रजिस्ट्रार पराजुलीलाई एक करोड १५ लाख रुपैयाँ घुस दिएको बताएका थिए । सोही बयानका आधारमा प्रशासकीय अधिकृत पराजुलीलाई पक्राउ पुर्जी जारी भएको थियो ।

सहकारी रजिस्ट्रार कार्यालय प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुली विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img