निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फलेवासका किशोरीहरुलाई आत्मरक्ष सम्बन्धी तालिम

असार १७ । दिल सागर विसी ।

पर्वतको फलेवासका किशोरीहरुलाई आत्मरक्ष सम्बन्धी तालिम प्रदान गरिएको छ ।

सामाजिक विकास कार्यालय पर्वतको आयोजना तथा फलेवास नगरपालिकाको समन्वयमा असार १७ गते १ दिने आत्मरक्षा तालिम प्रदान गरिएको हो । तालिममा फलेवासका करिव ६४ जना किसोरीहरुको सहभागिता रहको कार्यालयले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै फलेवास नगरपालिका का उप प्रमुख शोभा कुमारी क्षेत्रीले यस्ता किसिमका तालिमले किशोरीहरुलाई आत्मरक्ष सम्वन्धि ज्ञान हुने र समाजमा किशोरी माथी हुने हिंसात्मक घटनामा कमि हुने वताउनु भयो । उहाले आगामी दिनमा पालिका अन्य क्षेत्रमा पनी यस्ता किसीमका तालिम आवश्यकता रहेको वताउदै आवश्यकता अनुसार नगपालिकाले सहकार्य गर्ने पनि वताउनु भयो ।

कार्यक्रममा लैंगिक हिंसा जवरजस्ती करणी हिंसा,बलात्कारी विरुद्ध प्रतिकारको वारेमा किशोरीहरुलाई सहजिकरण गरिएको थियो ।

कार्यक्रमको सहजीकरण सामाजिक विकास कार्यालय पर्वतका प्रमुख टंक प्रसाद ढकाल ,अस्ताइ प्रहरी चौकी खानिगाँउका विर्ख रोकाया र मोती सामुदायिक पुस्ताकालयका कोअर्डिनेटर रमा पोखरलले गर्नुभएको थियो । तालिममा मोती सामुदायिक पुस्ताकालय लाइवेरियन इन्द्र प्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img