२७ असार, पर्वत । असार २६ गते वेलुका परको अबिरल वर्र्षाका कारण पर्वतमा फेरी रेष्टुरेन्ट सहित घरहरु पूरिएका छन् ।
वर्षाका कारण कुश्मा नगरपालिका सहस्रधारमा पहिरो आउदा रिभर रेष्टुरेन्ट समेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । यता मोदी २ देउपुरमा ४ वटा घरहरु पुरिएको विवरण प्राप्त भएको प्रहरी कार्यालयले जनाएको छ ।
तेसै गरि कुश्मा १० पिपलटारीमा समेत एक घर पुरिएको जानकारी आएको छ निरन्तरको बर्षातले पर्वतका विभिन्न ठाउँमा ठूलो मात्रामा क्षति भएको विवरणहरु प्राप्त भएका छन् ।
पहिरोको कारण अवरुद्ध उक्त स्थानको सडक खुलाउने प्रयास भईरहेको प्रहरीको भनाई छ । यस अघि तमादीखोला र ओढारे क्षेत्रमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग भने सञ्चालनमा आएको छ ।
हालसम्म पहिरोका कारण मानवीय क्षतिको विवरण भने प्राप्त नभएको प्रहरीको जनाएको छ ।