निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, फाल्गुन १, २०८१
Thursday, February 13, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा ४ हजार ७ सय १९ जना किशोरीहरुलाई एच. पि. भी खोप लगाइने

पर्वतमा ४ हजार ७ सय १९ जना किशोरीहरुलाई एच. पि. भी खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरुलाई एच. पि. भी खोप अभियान संचालन गरिने भएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा यहीँ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म उक्त खोप अभियान संचालन गर्न लागिएको हो । जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले जानकारी दिए ।

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ४ हजार ६ सय ६७ र समुदायमा रहेका ५२ जना गरि १० बर्षदेखि १४ बर्षसम्मकालाई खोप लगाइने उनले बताए । खोपका सम्बन्धमा प्रदेश, जिल्ला र स्थानीय तहमा अभिमुखिकरण सम्पन्न भएको साथै स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको छ ।

पाठेघरको मुखको क्यान्सर हुन नदिन यो खोप महत्त्वपूर्ण रहेको र खोप लगाउदा कुनै समस्या हुँदा अनिवार्य खोप लगाउन सबैलाई शर्माले अनुरोध गरेका छन् ।

अभियानलाई कार्यालयले २ चरणमा सञ्चालन गर्दैछ । पहिलो चरण अन्तर्गत माघ २२ गते देखि २७ गतेसम्म कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिकामा सम्पन्न हुनेछ । दोस्रो चरण अन्तर्गत माघ २८ गते देखि फागुन २ गतेसम्म विहादी गाउँपालिका, महाशिला गाउँपालिका र पैयू गाउँपालिकामा सञ्चालन हुने कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रकाश गौतमले जानकारी दिए ।

किशोरीहरुलाई एच.भि.पि नामको खोप देशभर एकै साथ लगाउन लागिएको हो । खोप अभियानमा कुल १ सय ५ खोप फोकल पर्सन, १ सय ९५ खोप स्वास्थ्यकर्मी र ३ सय ९० स्वयंमसेविका परिचालन हुनेछन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img