निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, चैत्र ९, २०८१
Sunday, March 23, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कुश्माका प्रअ र शिक्षकलाई स्थानीय तह प्रहरी विद्यालय सम्पर्क पुस्तक वितरण

पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा शिक्षकहरूको लागि शिक्षकहरूको लागि स्थानीय तह प्रहरी विद्यालय सम्पर्क पुस्तक वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कुश्मा नगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्वतको संयोजनमा तयार पारिएको पुस्तकमा रहेका विषयबस्तुहरुको बारेमा अभिमुखीकरण सहित पुस्तक वितरण गरिएको हो । नगरपालिकाभित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अध्यापन गर्ने शिक्षकहरूलाई संयुक्त राखेर जिल्ला प्रहरी कार्यालय र कुश्मा नगरपालिकाका प्रतिनिधिहरूले अभिमुखीकरण गरेका हुन् ।

कार्यक्रममा बिष्यबस्तुहरुको बारेमा जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक निर बहादुर बानियाले आधारभूत सुरक्षा सचेतना, सडक सुरक्षा, आकस्मिक फोन नम्बरहरू, लागू औषध, मादक पदार्थ र सुर्तीजन्य पदार्थ, साइबर अपराध, बालबालिका तथा यौनजन्य हिंसा दुर्व्यवहार, सामाजिक विकृति, दाइजो प्रथा, बोक्सी आरोप, विपद् जोखिम न्यूनीकरण, लैङ्गिक हिंसासँग आकर्षित कानुनहरू, एकद्धार सङ्कट व्यवस्थापन केन्द्र लगायतको बारेमा जानकारी गराएका छन् ।

कार्यक्रममा भनाई राख्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुकालागि सामाजिक सङ्गतिपूर्ण शिक्षा जरुरी रहेको बताए । आधुनिक समाजमा हुर्केका बालबालिकाहरू सामाजिक विकृति र विसङ्गतिको जोखिममा रहेका भन्दै उनले धूम्रपान, मद्यपान जस्ता कुलतका अलावा मानसिक तनाव, सङ्कट एवम् आत्महत्या गर्नेसम्मका कुकृत्यहरूबाट बालबालिकालाई जोगाउनु आजको विद्यालय शिक्षाको जिम्मेवारी रहेको उल्लेख गरे । प्रहरीको सहयोगमा निर्माण भएको प्रहरी–स्थानीय तह साझेदारी कार्यक्रमको यस पाठ्यसामग्रीले विद्यार्थीहरूमा असल आनीबानी एवम् सामाजिक विकृति विसंगतिहरुको न्यूनीकरणमा उल्लेख्य योगदान पुग्ने आशा लिएको उनको भनाइ छ ।

यस्तै कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले पुस्तकमा समावेश गरिएका बिषयबस्तुहरुले शिक्षक र विद्यार्थी दुवैलाई कानुनी ज्ञान दिने बताए । कानुनको बारेमा थाहा नहुँदा पनि कतिपय घटनाहरू हुने गरेकाले त्यसको रोकथामको लागि कानुनी सचेतना दिनका लागि पनि यो कार्यक्रम महत्त्वपूर्ण रहेको उनको भनाइ छ । भोलिको सबल नागरिक तयार गर्न विद्यालय तहबाट नै विद्यार्थीहरूलाई तयार पार्दै लैजाने भएकोले कानुनी कुराहरूको बारेमा थाहा हुनुपर्ने तिवारीले बताए ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन बिष्टले उक्त पुस्तक विशेष गरी माध्यमिक तहसम्मका विद्यार्थी भाईबहिनीहरुलाई लक्षित गरी तयार परिएको बताए । पुस्तकमा समावेश भएका विषयवस्तुहरू हेर्दा सामान्य लागे तापनि जीवन उपयोगी रहेका भन्दै उनले आजका विद्यार्थी भोलिका कर्णधार भएको उल्लेख गरे । अर्कोतर्फ बालबालिकाहरू नै अपराधको उच्च जोखिमको वर्गमा रहेकाले राज्यका सबै नागरिकलाई शिक्षाको सरल एवं सहज पहुँचको वातावरण सिर्जना गरी गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा प्रदान गर्नु राज्यको अनिवार्य दायित्व भित्र पर्ने डी.एस.पी बिष्टको भनाइ छ ।

शिक्षा अधिकृतहरू मोतीमाया ढकाल, दीपक सुवेदी लगायतको पनि सहभागिता रहेको कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक पूर्णिमा थापाले गरेकी थिइन ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img