निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले दिए राजिनामा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले कांग्रेसकेन्द्रिय सदस्य र दलित संघको अध्यक्ष वाटपदबाट राजीनामा दिएका छन्।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मालाई फोनमार्फत् राजीनामाको जानकारी गराएर राजीनामा पत्र बुझाउन विश्वकर्मा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्।

आफूले केन्द्रीय सदस्य र नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिएको विश्वकर्माले बताए।

उनले निर्वाचन निर्देशिकाको व्यवस्थामाथि प्रश्न उठाएका छन्। कांग्रेसमा दलित समुदायको सहभागिता केही समयपछि शुन्य हुने देखिएको भन्दै उनले निर्वाचन निर्देशिकाको विरोध गरेका छन्।

‘नेपाली कांग्रेस पार्टीले स्थापना कालदेखि अभ्यास गर्दै आएको जातीय, क्षेत्रीय, लैंगिक समावेशीतालाई नवौं महाधिवेशनदेखि क्रमश: स्थानीय वडा तहदेखि केन्द्रीय तहसम्म प्रयोग गर्दै आई एघारौं, बाह्रौं र तेह्रौं महाधिवेशनमा विधान बमोजिम नै प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ जना र प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि हुने सुनिश्चित प्रावधान गरेको थियो,’ विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘जसको आधारमा कम्तीमा जम्मा जनसंख्याको ८.५ प्रतिशत दलित प्रतिनिधित्व हुँदै आएको थियो। वर्तमान विधानको गलत व्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेल पूर्ण तरिकाबाट बिना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यकालगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निषेध गर्ने देखिएको छ।’

उनले निर्देशिकाले पार्टीमा सधैं वर्चश्व रहेको जाति, वर्ग, समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको उल्लेख गरेका छन्। 

‘दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागु गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन,’ उनले भने, ‘यो प्रवृत्तिले नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समय पश्चात नै शुन्य हुने देख्दादेख्दै पनि यस पार्टीको जिम्मेवार सदस्य र नेपाल दलित संघको पनि केन्द्रीय अध्यक्ष हुनु नाताले त्रुटिपूर्ण, अन्याय र अव्यवहारिक नीति नियम लागु हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रूपले मिल्दैन, आजकै मितिदेखि लागू हुने गरी दुबै पदबाट राजीनामा गरेको छु। Setopati

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img