जेष्ठ ९ पर्वत/
चारभञ्याङ तमु समाज जापानको सहयोगमा फलेवास ८ को जनज्योती माध्यामिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।
पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको जनज्योती माध्यामिक विद्यालयका १०५ जना विद्यार्थीहरु र नया विद्यार्थीहरुका लागी संस्थाले १३५ थान विद्यालय पोसाक उपलब्ध गराएको हो ।
आइतवार पोसाक वितरण गर्दै चारभञ्याङ तमुसमाज समन्वय केन्द्र CC का अध्यक्ष क्या देउ वहादुर गूरुङले विद्यालयको शैक्षिक गुणस्तरका लागि निरन्तर सहयोगका कार्यक्रम संचालन गर्ने वताउनु भयो ।

उहाले विद्यालयको भौतिक विकास तथा शैक्षिक विकासका लागि सवैको सहकार्य आवश्यकता रहेको वताउनुभयो । सवै विद्यार्थीहरुलाई केही महिना अगाडी ज्याकेट र ट्राउजर वितरण गरिएकोमा यस पटक टिसर्ट, सट ,पाईन्ट वितरण गरिएको उहाले जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्ला समवन्वय समितीका सदस्य दर्शनसिंह घले , चारभञ्याङ तमु समाज समनवय केन्द्रका उपाध्यक्ष क्या नारायण वहादुर गूरुङ, चारभञ्याङ आमा समुह यूकेका संस्थापक अध्यक्ष शान्ती गूरुङ, टेलिमेडिसिनका व्यवस्थापक रोशन गुरुङ वडा सहायक जिवलाल तिमिल्सिना चारभञ्याङयूवा क्लवका सचिव सुमन जिसी समाजसेवी कोष व कुवंर , वुद्धिमान सुवेदी विद्यालयका प्रधानध्यापक लक्ष्मण शर्मा लगाएत शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
चारभञ्याङ तमु समाज जापानले पछिल्लो समय सक्रियता वढाउदै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ । समाजले कुनै दातृ निकायवाट सहयोग नलिई चारभञ्याङ तमु समाजका सदस्यहरुवाट सहयोग संकलन गरि विद्यार्थीहरुलाई सहयोग गरेको जनाएको छ ।










